मेक्सिकोकी फातिमा बोश ‘मिस यूनिभर्स २०२४’ घोषित, विवादबीच उपाधि हात

मेक्सिकोकी फातिमा बोश ‘मिस यूनिभर्स २०२४’ घोषित, विवादबीच उपाधि हात

काठमाडौं, थाइल्यान्डमा सम्पन्न ‘मिस यूनिभर्स २०२४’ को उपाधि मेक्सिकोकी २५ वर्षीया फातिमा बोशले हात पारेकी छन्। विभिन्न विवाद र नाटकीय घटनाक्रमबीच सम्पन्न प्रतियोगितामा उनले विश्वभरका प्रतिस्पर्धीलाई पछाडि पार्दै शीर्ष स्थान हासिल गर्दै नयाँ ‘मिस यूनिभर्स’को ताज पहिरिएकी हुन्।

प्रतियोगिता सुरु भएको केही समयमै विवादले चुलिंदै गएको थियो। केही साताअघि आयोजित एक कार्यक्रमका क्रममा आयोजकमध्येका एक वरिष्ठ अधिकारीले अन्य सहभागीकै अगाडि बोशमाथि अपमानजनक व्यवहार गर्दै गाली गरेका थिए। उक्त घटनापछि बोशले सो व्यवहारको खुलेर विरोध गरेकी थिइन्। त्यसैको प्रतिघातस्वरूप ती अधिकारीले उनलाई अयोग्य घोषित गरिदिने धम्की दिएको आरोप सार्वजनिक भयो, जसपछि अन्य धेरै प्रतियोगीहरू पनि बोशको समर्थनमा उभिएका थिए।

विवाद यतिमै रोकिएन। सो घटनाको करिब एक सातापछि प्रतियोगिताका दुई निर्णायकले राजीनामा दिए। तीमध्ये एक निर्णायकले आयोजकहरूले प्रतियोगितामा धाँधली गरेको दाबी गर्दै प्रक्रिया नै प्रश्नचिह्नमुनि रहेको टिप्पणी गरेका थिए। विवादका बाबजुद अन्तिम प्रतिस्पर्धा भने निर्धारित समयमा सम्पन्न गरिएको थियो।

यस वर्षको प्रतियोगितामा थाइल्यान्डकी प्रवीनर सिंहले दोस्रो स्थान (फर्स्ट रनर–अप) हासिल गरिन्।

सन् १९५२ मा पहिलोपटक सुरु गरिएको मिस यूनिभर्स प्रतियोगिताको यसपालि ७४औँ संस्करण सम्पन्न भएको हो।

सम्बन्धित खवर