पथरी शनिश्चरे, मोरङ
पथरी शनिश्चरे–१ स्थित भू.पू. सैनिक इङ्लिस स्कुलको प्राङ्गणमा सम्पन्न लोक नृत्य प्रतियोगितामा जुनियरतर्फ एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल र सिनियरतर्फ मोरङ मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुलले उपाधि हात पारेका छन्। प्याब्सन नगर कार्य समिति पथरी शनिश्चरेको आयोजनामा भएको प्रतियोगितामा जुनियरतर्फ पहिलो एभरेष्ट इङ्लिस बोर्डिङ स्कुल, दोस्रो मोरङ मेरिगोल्ड, तेस्रो अरुणोदय बोर्डिङ स्कुल विजयी भएका हुन् ।
यसैगरी सिनियर समूहमा पहिलो मोरङ मेरिगोल्ड इङ्लिस बोर्डिङ स्कुल, दोस्रो रेडस्टार अङ्ग्रेजी माध्यमिक विद्यालय र तेस्रो एभरेस्ट इङ्लिस बोर्डिङ स्कुल भएका हुन् । प्रतियोगितामा नगरभित्र रहेका ११ वटा स्कूल जुनियरतर्फ र ६ वटा स्कूल सिनियरतर्फ सहभागी भएको आयोजक संस्था प्याब्सन पथरी शनिश्चरेका अध्यक्ष सन्तोष बस्नेतले जानकारी दिए।
सांस्कृतिक संरक्षण र विद्यार्थीको प्रतिभा अभिव्यक्तिकालागि गरिएको कार्यक्रममा अभिभावक, शिक्षक तथा स्थानीयको उल्लेख्य उपस्थितिमा उत्साहपूर्ण वातावरणमा प्रतियोगिता सम्पन्न भएको आयोजकले जनाएको छ। यससँगै फस्ट रनरअपमा बराबर अंक ल्याउने एभरेस्ट र रेडस्टार दुवै विद्यालय जिल्ला स्तरीय प्रतियोगीतामा सहभागी हुने भएका छन् ।







