पथरीशनिश्चरे गोल्डकपको उपाधी सलहेसलाई

पथरीशनिश्चरे गोल्डकपको उपाधी सलहेसलाई

पथरी
पथरी गोल्डकपको उपाधी सिरहाको सलहेस युथ क्लबले जितेको छ । शनिवार पथरी रंगशालामा भएको फाइनलमा सलहेसले आयोजक पथरी ११ फुटबललाई २–१ गोल अन्तर पराजित गर्दैै उपाधी कब्जा गरेको हो । सुरुवाती अग्रता जोगाउन नसक्दा पथरी ११ उपाधी विहिन हुन पुग्यो । सलहेसका लागी जय गुरुङ्ग र समिर तामाङ्गले गोल गरे भने पथरी ११ का लागी धिरेन विष्ट क्षेत्रीले गोल गरे ।
पहिलो हाफमा पथरी ११ का लागी धिरेनले पेनाल्टी मार्फत गोल गरे । १८ औं मिनेटमा पथरीका निरज परियारलाई सलहेसका करिम ओमलाजाले डि एरिया भित्र फल गरे पछि मुख्य रेफ्रि श्याम दनुवारले पेनाल्टि दिएका थिए । पेनाल्टिमा धिरेनले सलहेसका गोलकिपर रेम्बो चौधरीलाई कुनै मौका नदिइ गोेललाई जाली चुमाए ।
दोश्रो हाफमा निक्कै आक्रमक खेल खेलेको सलहेसलाई वरावरीमा फर्किन ५८ औं मिनेटमा जय गुरुङ्गले पेनाल्टि मार्फत नै गोल गरे । पथरी ११ का गोलकिपर समिर क्षेत्रीले सलहेसका रिर्चाड विल्सनलाई डिएरिया क्षेत्रमा धकेलेर फल गरेपछि सलहेसले पेनाल्टिको अवसर पायो । गुरुङ्गले पेनाल्टि मार्फत गोल गर्दै टिमलाई खेलमा फर्काउने प्रयास गरे ।
खेलको ६९ औं मिनेटमा सलहेसका समिर तामाङ्गले वान भर्सेस वानमा गोल गर्दै टिमको गोल अन्तर २–१ बनाए । समिरले गोल गरेपछि मैदानमा रहेका करिव ५हजार घरेलु दर्शक निरास भएका थिए । त्यस पछि पनि सलहेसले गोल गर्न प्रयास गरे पनि गोलकिपर क्षेत्रीले निक्कै राम्रो बचाउ गरे ।
विजेता सलहेसले विजेता ट्रफि संगै नगद ५ लाख जित्यो भने उपविजेतामा सिमीत पथरी ११ले दुई लाख ५० हजार रुपयाँमा चित्त बुझायो । खेलको म्यान अफ दि म्याच सलहेसका जय गुरुङ्ग घोषित भए ।
विधागत रुपमा पनि सलहेस हावी बन्यो । उत्कृष्ट गोलकिपर सलहेसका रेम्बो चौधरी,,सर्वाधिक गोलकर्ता सलहेसका रिर्चाड विल्सन र उत्कृष्ट प्रशिक्षक सलहेसकै राजिप यादवले जित्दा सर्वत्कृष्ट खेलाडी पथरी ११ का युकेश तामाङ्ग ,उत्कृष्ट रक्षक पथरी ११का धिरेन क्षेत्री ,उत्कृष्ट मिल्डफिल्डर आयोजककै संजय लिम्बु र उदयमान खेलाडी समिर क्षेत्री घोषीत भए । उत्कृष्ट खेलाडीले १० हजार प्राप्त गर्दै सर्वत्कृष्ट खेलाडीले २५ हजार रुपयाँ प्राप्त गरे ।
विजेता तथा उपविजेता टिमलाई पथरीशनिश्चरे नगरका प्रमुख मोहन तुम्वापोले ट्रफि प्रदान गरेका थिए । कार्तिक १५ वाट सुरु भएको गोल्डकपमा राजधानीका ३ र भारतको १ सहित ८ क्लबको सहभागीता रहेको थियो ।

सम्बन्धित खवर