राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति तिब्र रुपमा गठन हुदै

राष्ट्रिय स्वतन्त्र पार्टीको वडा समिति तिब्र रुपमा गठन हुदै

पथरी, राष्ट्रिय स्वतन्त्र पार्टीको वडा कार्यसमिति तिब्र रुपमा गठन भइरहेको छ । नगरको सम्पर्क समितिले नगरका १० वटै वडा समितिहरू जेठ २७ गते भित्रमा गठन गरिसक्ने कार्यक्रम रहेको सम्पर्क समिति संयोजक बुद्धिनाथ अधिकारीले जानकारी दिनुभयो ।

नगरको वडा नं. ४, ९, १० नम्बर वडा समिति यसअघि नै गठन भइसकेका थिए । आज वडा नं. २ र ५ को वडा समिति गठन भएको छ । वडा नं. २ मा राजकुमार राईको सभापतित्वमा पर्शुराम अधिकारी उपसभापति, निर्मला भट्टराई सचिव सहित ११ सदसीय कार्यसमिति चयन भएको छ भने र्याट संयोजकमा नेत्र प्रसाद नेपाल चयन हुनुभएको छ ।

यस्तै वडा नं. ५ मा अनुराग थापा (भूपाल) को सभापतित्वमा अप्सारा खड्का उपसभापति, शम्भु प्रसाद दाहाल सचिव सहितको ११ सदसीय समिति गठन भएको छ । र्याट संयोजकमा गोपाल खड्का चयन हुनुभएको छ ।

वडा समिति गठन कार्यक्रममा प्रदेश सदस्य प्रेमलाल चौधरी, केदार आचार्य, ठगेन्द्र न्यौपाने र पथरीशनिश्चरे नगर सम्पर्क समिति संयोजक बुद्धिनाथ अधिकारी लगायत सयौँ जनाको उपस्थिती रहेको थियो । रास्वपाको तिब्र रुपमा वडा समितिहरू गठन हुन थालेपछि अन्य पार्टीका सदस्यहरूले राजिनाम दिने क्रम बढेर गएको छ ।

सम्बन्धित खवर