पथरी बहुमुखीमा लोकतान्त्रिक बाम गठबन्धन बिजयी

पथरी बहुमुखीमा लोकतान्त्रिक बाम गठबन्धन बिजयी

पथरी, स्ववियु निर्वाचन २०७९ मा पथरी बहुमुखी क्यामपस पथरीशनिश्चरे १ मा लोकतान्त्रिक बाम गठबन्धनको प्यानल नै बिजयी भएको छ ।

पथरी बहुमुखीमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघको नेतृत्वमा अखिल क्रान्तिकारी र अनेरास्ववियू (समाजवादी) को साथ रहेको थियो । जम्मा ५ सय ४९ खसेको मतमा नेविसंघका केशर थुलुङ राईले ३ सय ७० मत ल्याएर बिजयी भएका छन् । राईले अनेरास्ववियुका उज्वल लकान्द्रिलाई १ सय ९४ मतले पछि पार्दै विजयी भएका हुन्। लकान्द्रिले १ सय ७६ मत पाएका थिए ।

त्यस्तै सचिवमा नेविसंघका तर्फबाट भुपाल खतिवडाले ३ सय ६० मत पाउदा अनेरास्ववियुका रोशन कटुवालले १ सय ७९ मत पाए । कोषाध्यक्षमा लोकतान्त्रिक बाम गठबन्धनबाट अखिल क्रान्तिकारीका खगिन मगरले ३ सय ५२ मत पाउदा अनेरास्ववियुकी सोनिया ग्यावा तामाङले १ सय ७९ मत पाएकी थिइन्।

सदस्यमा लोकतान्त्रिक बाम गठबन्धनबाट नेविसंघका सफिन आचार्यले ३ सय ७४ मत, गंगाराम शाहले ३ सय ६९, सोमनाथ फुंयालले ३ सय ६६, अखिल क्रान्तिकारीकी प्रितिका भट्टराईले ३ सय ५० र अनेरास्ववियूका (समाजवादीका) प्रकाश शिवाले ३ सय ६१ मत ल्याई विजयी भएका छन् ।

सदस्यमा अनेरास्ववियु तर्फबाट प्रबिण पोखरेलले १ सय ५१ अरुण राईले १ सय ६३, एलिश खड्काले १ सय ६१, एरिक बस्नेतले १ सय ७५ र जित बहादुर खड्काले १ सय ५६ मत पाएका थिए ।

सम्बन्धित खवर