कृषि सामाग्री वितरण

कृषि सामाग्री वितरण

पथरी,  माेरङ पथरीशनिश्चरे वडा नं. ५ मा स्थापित श्री भोटेघुम्ती कृषि सहकारी संस्था लि. ले कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको छ ।
आज प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना साना व्यवसायिक कृषि उत्पादन नया मकै बाली पकेट विकास अन्तर्गत नगरपालिकाको सहयोगमा कृषकहरुलाई ५०% अनुदानमा कृषक सामग्री वितरण गरेको हो ।
सो कार्यक्रममका प्रमुख अतिथि नगरपालिकाका उप–प्रमुख देविमाया काफ्लेले कृषिमा गरिएको यो लगानी पक्कै पनि कृषकहरुले नाफामुखी कार्यमा खर्च गर्नुहुनेछ भन्नेमा आफू ढुक्क रहेको बताउनुभयो । यस्तै कार्यक्रमका अध्यक्षता संस्थाका अध्यक्ष खड्ग कुमार थापा रहनुभएको थियो भने विशिष्ट अतिथि र शुभकामना मन्तव्य वडा नं.५ का वडाध्यक्ष चेतन खड्का र नगरका कृषि शाखा प्रमुख टिका राईले राख्नुभएको थियो । यस्तै अथितिहरुमा वडा सदस्य तथा कार्यपालिका सदस्य तुलसा कार्की, तिलबहादुर भट्टराई अतिथि रहनुभएको थियो ।
कार्यक्रममा कृषि सामाग्रीहरु पानी तान्ने मोटर ८ वटा, स्प्रे ट्याङ्की ३५ वटा, मकै रोप्ने मेसिन ६ वटा र मकै गोड्ने मेसिन २ वटा प्रदान गरिएको थियो ।

सम्बन्धित खवर