केशर थुलुङको नेतृत्वमा नेविसंघ पथरी बहुमुखी

केशर थुलुङको नेतृत्वमा नेविसंघ पथरी बहुमुखी

पथरी, नेपाल विद्यार्थी संघ पथरी बहुमुखी क्याक्पसले केशर थुलुङको नेतृत्वमा नयाँ कार्यासमिति चयन गरेको छ ।

चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको चुनावलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ पथरी बहुमुखी क्याम्पसले ईकाइ अधिवेशन सम्पन्न गरेको हो ।

ईकाइ अधिवेशनले उपाध्यक्षमा सफिन आचार्य, गंगाराम शाह, सुजन लिम्बु, दिपेश फुयाल र पुनम मगरलाई चयन गरेको छ भने सचिवमा भुपाल खतिवडा र सहसचिवमा मिरा अधिकारीलाई चयन गरेको छ । ईकाइ कोषाध्यक्षमा केदार बजगाई चयन भएका छन् । कार्यसमितिमा ८० जना सदस्य रहेका छन् ।

अधिबेशनले नेबिसंघ पथरीशनिश्चरे नगर सभापतिमा सागर बराललाई चयन गरेको छ । पथरी बहुमुखी क्याम्पसको सभाहलमा भएको अधिबेशनमा नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्का, नेविसंघ जिल्ला सभापति सरोज पोख्रेल, नगर सभापति रुपनारायण भट्टराई, सचिव सन्तोस कटुवाल, विध्यार्थी नेता होम पोख्रेल लगायतले शुभकामना मन्तब्य व्यक्त गरे ।

नेविसंघका नेता तथा स्वतन्त्र विद्यार्थी युनियन पथरी बहुमुखी क्याम्पसका अध्यक्ष गोपाल साँवाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

सम्बन्धित खवर