जनसेवा सामुदायिक बनको सधरणसभा सम्पन्न

जनसेवा सामुदायिक बनको सधरणसभा सम्पन्न

डम्बर बिश्वकर्मा

लेटाङ, उत्तरी मोरङको लेटाङ्ग चार स्थित जनसेवा सामुदायिक वनको २१ औं साधरणसभा बुधबार सम्पन्न भएको छ ।

सामुदायिक वनको सभाहलमा सम्पन्न उक्त साधारणसभाको नगर प्रमुख भुपेन्द्र लावतीले जनसेवा सामुदायिक वनले निर्माण गर्न लागेको श्री जनसेवा भनभोज तथा चिडियाघरको सिलान्यास् गरेर उद्घाटन गर्नुभएको थियो ।

साधरण सभाले आफ्ना उपभोक्ता मध्येका तिन जना जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । यसरी सम्मान पाउनेहरुमा डिल्लीमाया लिम्बू, रामकुमारी राई र नन्द प्रसाद यँणी मगर छन् । उहाँहरुलाई जनही एक हजार नगद र दोषल्ला ओडाएर सम्मान गरिएको संस्थाकी सचिव सुजता राईले जनाएकी छन् । सचिव राईका अनुसार सोही अवसर पारेर गत वर्षको एसंइई परिक्षामा उत्कृष्ट अंक ल्याई उतिर्ण हुने विद्यार्थीलाई पनि सभाले सम्मान गरेको छ । उनीलाई नगद दुईहजार रुपैंया र दोसल्ला ओडाएर सम्मान गरिएको थियो ।

यसैगरी सभाले आफ्नो संस्थाको उमेरहदले अवकास प्राप्त वनहेरालुहरु श्रीमाया लिम्बू, जानुका भुजेल र टंकबहादुर लिम्बूलाई समेत ५० हजार रुपैंयाको चेक, दोसल्ला, प्रमाण पत्र र मायाको चिनोद्वारा सम्मान गरिएको छ ।

सभामा अध्यक्ष मिनकुमार राई, सचिव सुजता राई र लेखा संयोजक रविन लिम्बूले आ–आफ्नो प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

उक्त सभालाई नगर प्रमुख, प्रदेश एक सामुदायिक वन महासंघ सहसचिव अग्नि पौडेल लगायत महासंघका जिल्ला तह, नगर स्तरिय साथै छिमेकी सामुदायिक वनका प्रतिनिधि र डिभिजन वन लेटाङ्गका अधिकृत समेतले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सभामा शुभकामना मन्तव्य राख्नुहुने अधिकांश वक्ताले आर्थिक वर्षको शुरुआतकै समयमा सम्पन्न गर्नु पर्ने साधारणसभा ढिला गरी सम्पन्न गर्दा संस्थालाई हुन सक्ने अप्ठ्यारो प्रति संस्था सजग हुनु पर्नेमा जोडदिनु भएको थियो ।

सम्बन्धित खवर