नगरमा कौशी खेती तालिमको समापन

नगरमा कौशी खेती तालिमको समापन
पथरी, ‘स्वास्थ्य बाली उत्पादन स्वास्थ्य मानव जीवन’ भन्ने मूल नाराका साथ शहरीकरणमा रुपान्तरित कौशी खेती तालिमको समापन भएको छ ।
आज पथरीशनिश्चरे नगरपालिका कृषि विकास शाखाको आयोजनामा भएको तालिम नगरपालिकाको आ.व. २०७९/०८० को स्वीकृत वार्षिक कार्यक्रम अनुसार गरिएको हो । समापन कार्यक्रममा नगर उप–प्रमुख देविमाया काफ्ले, १ नं. वडाध्यक्ष भीमकुमार राई, वडा सदस्य पूर्ण कार्की लगायतको आतिथ्यता रहेको थियो ।
तालिम वडा नं. १ लाई लक्षित गरिएको तालिम २२ गतेबाट सुरु भई आज समापन भएको हो । तालिममा ७८ जना सहभागीहरु लाभान्वित भएका छन् ।

सम्बन्धित खवर