लर्डबुद्धको २१ औँ स्थापना दिवस

लर्डबुद्धको २१ औँ स्थापना दिवस

पथरी, लर्डबुद्ध साकोसले आफ्नो २१ औँ स्थापना दिवस विविध कार्यक्रम गरी मनाएको छ । मोरङको पथरीशनिश्चरे २ मा रहेको साकोसले होटल साल्पामा एक कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाएको हो ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगर प्रमुख मोहन तुम्बापोले सहकारी व्यवस्थापन र नियमनका लागि पहल थाल्ने बताउनुभयो । नगरमा भएका थुप्रै सहकारीले राम्रो काम गरेता पनि केही सहकारीले गलत काम गर्दा समस्या भएको तुम्बापोले बताउनुभयो ।

साकोसले आफ्ना २९ जना जेष्ठ सदस्यलाई बृद्धभक्ता समेत वितरण गरेको छ । दुईवर्ष अघिदेखि सुरु गरेको सो भक्ता हाल माषिक १ हजारमा दरले वितरण गर्दै आएको छ । सोही अवसरमा पत्रकार भूमि प्रसाद पाठकलाई पनि नगद ५ हजार १ रुपैया सहित सम्मान गरेको छ ।

कार्यक्रमा साकोसले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ पिन्ट भन्दा बढि रक्तदान गर्ने संस्थालाई पनि सम्मान गरेको छ ।
साकोसले “वर्तमान आर्थिक संकट व्यवस्थापनमा सहकारीको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगिताका विजयी छात्र छात्रालाई पुरस्कार वितरण ग¥यो । नगरका १५ वटा विद्यालय सहभागी भएकामा चन्द्र किरातेश्वर माविकी छात्रा न्युवा चेम्जोङ प्रथम, न्यू प्यागोडा अंग्रेजी माध्यमिक विद्यालयका छात्र भविन्द्र अधिकारी दोस्रो, रेडस्टार आवसीय माध्यमिक विद्यालयकी छात्रा मोनिका आचार्य तेस्रो र मोरङ्ग मेरिगोल्ड अंग्रेजी माध्यमिक विद्यालयका समीर कार्की र पञ्चायत माध्यमिक विद्यालयकी गंगा भण्डारीले सान्त्वना स्थान हासिल गरेका थिए ।

कार्यक्रममा विशेष अतिथि जिल्ला वचत संघ मोरङका उपाध्यक्ष एकराज निरौला, वडा अध्यक्षहरु उद्धवराज बस्नेत, नैना राई, विजय राई, प्रमुख सल्लाहकार दिलबहादुर तामाङ, सल्लाहकार हर्कबहादुर राई अतिथि रहनुभएको थियो ।

सम्बन्धित खवर