मकै पकेटको सार्वजनिक सुनुवाई

मकै पकेटको सार्वजनिक सुनुवाई

पथरी, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रम अन्तर्गत मकै पकेट कार्यक्रमको पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।

पथरीशनिश्चरे ५ मोरङमा रहेको भोटेघुम्ती कृषि सहकारी संस्था लि.संग नगरपालिकाले सम्झौता गरेपछि परियोजनाको सुरुवात गर्न पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको संस्थाका अध्यक्ष खड्ग कुमार थापाले बताउनुभयो । सहकारीले जम्मा लागत २१ लाख ७५ हजारको सम्झौता गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि पथरीशनिश्चरे नगरपालिका वडा नं. ५ का अध्यक्ष चेतेन्द्र खड्काले वडामा आएको यस्तो कार्यक्रमको खुलेर प्रशंसा र स्वागत गर्नुपर्ने बताउनुभयो । वडामा मलको अभाव बढि देखिएको समस्या समाधान गर्न नगरको कृषि योग्य जमिनको लेखाजोखा गरी आवश्यकताको आधारमा वितरण गर्ने तयारी गरेको बताउनुभयो । त्यसका लागि वडाले पनि आवश्यकताको विवरण नगरमा पठाइसकेको खड्काको भनाइ छ ।

कृषि शाखा प्रमुख टीका राई र पशुपंक्षि शाखा प्रमुख सवल पोख्रेलले परीयोजनाको औचित्य र पुष्ट्याइलाई प्रस्ट पार्नुभयो । यो परीयोजनाका लागि संघले दिएको कार्यविधि अनुसार कृषि शाखाले प्रविधिक सहयोग र आवश्यक समन्वय गर्ने राईले बताउनुभयो । परीयोजना अन्तर्गत ६० प्रतिशत रकम बिऊ, २० प्रतिशत कार्यालय सञ्चालन तथा तालिम र २० प्रतिशत रकम कृषि औजार खरिदमा खर्च गर्ने प्रावधान रहेको छ ।

कार्यक्रममा वडा नं. ७ का अध्यक्ष उद्ववराज बस्नेत, वडा नं. ६ का अध्यक्ष कृष्ण कुमार बस्नेत लगायतले शुभकामना मन्तव्य राख्नुभयो ।

सम्बन्धित खवर