पशुपन्छी पालन तालिमको समापन

पशुपन्छी पालन तालिमको समापन

पथरी, ‘समुन्नत पशुपन्छी तथा माछा पालन, सम्पन्न किसान समृद्ध नगर’ भन्ने मूल नाराका वडा नं. ७, ८ र १० मा पशुपन्छी पालन तालिमको समापन गरिएको छ ।

तीन वटै वडामा पुस १७ गतेदेखि १९ सम्म मागमा आधारित पशुपन्छी (गाई, भैसी, बाख्रा, कुखुरा, बंगुर) पालन तालिम सञ्चालन भएको हो ।

पथरीशनिश्चरे नगरपालिका पशुपन्छी तथा मत्स्य विकास शाखाको आयोजनामा भएको तालिममा वडा नं. ८ मा नगर प्रमुख मोहन प्रसाद तुम्वापो, वडा नं. ७ र १० मा उप–प्रमुख देवीमाया काफ्ले प्रमुख अतिथि रहनुभएको थियो ।

सम्बन्धित खवर