इण्डोनेसियामा भूकम्पः मृत्यु हुने १६० पुगे

इण्डोनेसियामा भूकम्पः मृत्यु हुने १६० पुगे
एजेन्सी

बाली, इण्डोनेसियाको पश्चिम जाभा प्रान्तमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या १६० पुगेको छ । सोमबार गएको भूकम्पमा सयौँ घाइते भएका छन् । ५.६ म्याग्निच्युडको भूकम्पको केन्द्रबिन्दु राजधानी जकार्ताबाट करिब ७५ किलोमिटर (४५ माइल) दक्षिणपूर्वमा रहेको पहाडी पश्चिमी जाभाको सियानजुर सहर नजिक थियो ।

भूकम्पमा परी गम्भीर घाइते भएकामध्ये केहीको सियानजुर क्षेत्रीय अस्पतालमा मृत्यु भएको तथा अन्य सयौँ घाइते भएका राष्ट्रिय प्रकोप न्यूनीकरण इकाइले जनाएको छ । भूकम्प प्रभावित सियानजुर वरपरका क्षेत्रका  धेरै स्थानमा पहिरो  खसेको, विद्यालय, अस्पताल, सार्वजनिक सुविधाका भवन भत्किएका छन् ।

भूकम्पमा अझै केही फसेको हुन सक्ने बताइएको छ । त्यस्तै, भूकम्पका घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ । भूकम्पपछि २२ सय घरमा क्षति पुगेको र कम्तीमा ५ हजार मानिस विस्थापित भएका सरकारले जनाएको छ ।

सम्बन्धित खवर