बाटोमा लड्दा ५० वर्षीय वृद्धको ज्यान गयो

बाटोमा लड्दा ५० वर्षीय वृद्धको ज्यान गयो

दार्चुला, नौगाड गाउँपालिका ४ सिप्टीमा बाटोबाट लडेर एक जनाको ज्यान गएको छ । बैतडी जिल्ला डिलासैनी गाउँपालिका २ गन्नाका ५० वर्षीय मौरे बोहराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलामा सूचना अधिकारी राजेशबहादुर शाहीका अनुसार सिप्टी हुँदै मार्मा जाने क्रममा हिँडिरहेको अवस्थामा बाटोबाट लडेर मृत्यु भएको हो ।

मार्मा गाउँपालिका ६ पत्थरकाडा बुहारीको माइतीघर गइरहेका बोहराको सिप्टीको बाटोबाट अन्दाजी ६ मिटर तल खसेर मृत्यु भएको हो । घटनास्थलमा अहिले प्रहरी टोली खटिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सम्बन्धित खवर