गठबन्धनसँगको सिट बाँडफाँटबारे छलफल गर्दै जसपा

गठबन्धनसँगको सिट बाँडफाँटबारे छलफल गर्दै जसपा

काठमाडौं, सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठक बिहीबार बस्दै छ । बैठक ललितपुरको बालकुमारीस्थित ज्यापु समाज, प्रज्ञा प्रतिष्ठानमा बस्न लागेको हो ।

जसपा अध्यक्ष उपेन्द्र यादवका प्रेस संयोजक महेश चौरासियाले बिहीबार बस्ने बैठकमा गठबन्धनभित्र सिट सङ्ख्या विभाजन एवम् उम्मेदवारको मापदण्डका विषयमा छलफल हुने जानकारी दिनुभयो ।

बैठकका एजेण्डाबारे गोरखापत्र अनलाइनलाई जानकारी दिनुहुँदै उहाँले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको तयारी सम्बन्धमा छलफल हुने बताउनुभयो ।

सँगै पार्टीको विभाग तथा भ्रातृ संगठनको पुर्नगठन एवम् संगठनात्मक कार्यसम्बन्धी प्रस्तावमाथि छलफल गरिने हुने उहाँको भनाइ छ ।

जसपाका केन्द्रीय कार्यकारिणी सदस्य तथा केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बुधबार प्रेस विज्ञप्तिमार्फत् बैठकबारे जानकारी दिनुभएको हो ।

सम्बन्धित खवर