वडाभित्रका सडक मर्मत संहार सहितका योजनाको अनुगमन्

वडाभित्रका सडक मर्मत संहार सहितका योजनाको अनुगमन्

पथरी, मोरङको पथरी शनिश्चरे नगरस्थित १० नम्बर वडा कार्यालयले वडाभित्रका सडक मर्मत संहार सहितका योजनाको अनुगमन् गरेको छ ।

वडाध्यक्ष जीवन खतिवडा, वडा सदस्य वीरबहादुर वस्नेत, प्राविधिक देवकृष्ण यादव सहितको टोलीले योजनाहरुको अनुगमन् गरेको हो । चालु आर्थिक वर्षको ५ लाख रुपैयाँ बजेटबाट वडाका अति आवश्यक सडक क्षेत्रमा परेका खाल्डाखुल्डीमा गिट्टी हाल्ने काम सम्पन्न भएपछि सोको अनुगमन् गरिएको छ ।

त्यस्तै, टोलीले मंगलबारे डाँडा पश्चिम सुमन कुरुङवाङको घर अगाडि निर्माण भएको कल्भर्ट र त्यसबाट पश्चिमतर्फ जाने पुरानो बाटोलाई स्तरोन्नतीका क्रममा गरिएको ग्राभेलको पनि अनुगमन् गरिएको छ । वडाले १ लाख ७० हजार रुपैयाँमा कल्भर्ट र १ लाख २० हजारमा बाटो ग्राभेल कार्य सम्पन्न गरेको वडाध्यक्ष खतिवडाले जनाउनु भयो ।

यसैबीच, वडा नम्बर १, ४ सहितका वडामा पनि सडक मर्मत कार्य पनि सम्पन्न गरिएको छ ।

सम्बन्धित खवर