वाढि पिडितलाई सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न अपिल

वाढि पिडितलाई सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न अपिल

उर्लाबारी, उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेलले विपद्जन्य घटनाबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल खबर गर्न अपिल गर्नुभएको छ ।

नगरपालिका कार्यालयले आज बेलुका एक सुचना जारी गर्दै बाढी र डुबानबाट सुरक्षित रहन आग्रह गर्दै कुनै सहयोग आवश्यक परे तत्काल सम्पर्क गर्न नगरबासीमा आग्रह गरेको हो । विपद्को यस समयमा सचेत रहनका साथै कुनै सहयोग आवश्यक परेमा आफुलाई वा सम्बन्धित वडामा जनप्रतिनिधि तथा नगरपालिकाको आपतकालीन कार्यसञ्चालन केन्द्रको सम्पर्क नम्बर ९८५२०४२४६० मा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।

२ दिनदेखीको अबिरल वर्षाका कारण नगरका बिभिन्न स्थान डुबानमा पर्नुका साथै दर्जनौँ घरमा पानी पसेको छ । पानीको निकास नहुँदा डुबानमा परेको क्षेत्रमा जनप्रतिनिधिहरु आफैँ लागिपरेर पानीको निकास गराउन लागपिरेका छन् ।

सम्बन्धित खवर