बहुमत आए उर्लाबारीको ६ ठाउँमा आकाशे पुल बनाउने फागोको घोषणा

बहुमत आए उर्लाबारीको ६ ठाउँमा आकाशे पुल बनाउने फागोको घोषणा

उर्लाबारी, उर्लाबारी नगरपालिकाका नविर्तमान मेयर तथा नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार खड्ग फागोले नेपाली काग्रेसलाई बहुमतले जिताए ५ वर्ष भित्रमा उर्लाबारी ६ स्थानमा आकाशे पुल नर्मिाण गर्ने बताएका छन् ।

आफू यस अघि पनि मेयरमा निर्वाचित हुदा एक रुपैयाँ पनि भ्रष्ट्राचार नगरेको फागोको भनाइ छ । ५ वर्षको अनुभवमा स्रोत शुनिश्चितता कहाँबाट हुन्छ भन्ने राम्रो ज्ञान पाएका कारण यो कुरा सम्भव भएको बताउदै उनले भने “बहुमत दिनुहहोस निर्वाचित भएको ५ वर्ष भित्रमा उर्लाबारी इटहरा रोड, मधुमल्ला रोड, स्कुल डाँडा, नगरपालिका कार्यालय अगाडी, मंगलबारे चौक र दुर्गापुरीबजारमा आवश्यताका आधारमा आकाशेपुलहरू निर्माण गर्छौँ” यस्तै फागोले नेकपा एमालेले आफुमाथि अनयिमतिता र भ्रष्टाचार गरेको भनेर अफवाह फैलाएको पनि उनले बताए । भ्रष्ट्राचारको विरुद्ध कडा रुपमा प्रस्तुत हुँदा, शुसाशन कायम गर्न खोज्दा खान नपाउनेहरूले आरोप लगाएर बदनाम गर्न खोजेको फागोले बताए ।

सम्बन्धित खवर