उर्लाबारीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उर्लाबारीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

उर्लाबारी, आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मोरङको उर्लाबारी नगरपालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आज नगरपालिका कार्यालयमा उर्लाबारीका निर्वाचन अधिकृत ओमकार प्रसाद न्यौपानेले कार्यालय उद्घाटन गरे ।

कार्यालय उद्घाटन पछि आयोजित सर्वदलीय, सर्वपक्षीय छलफलमा निर्वाचन अधिकृत न्यौपानेले निर्वाचन निष्पक्ष, शान्त बनाउन सबैको साथ सहयोग आवश्यक रहेको बताए । उनले निर्वाचन आचारसंहिता, उम्मेद्वारी मनोनयन लगायतका विषयमा जानकारी गराएका थिए ।

छलफलमा नगर प्रमुख खड्ग फागो, उपप्रमुख लक्ष्मीदेवी भण्डारी, विभिन्न राजनीतिक दलका प्रमुख, संघसंस्थाका प्रमुख, पत्रकार लगायतको सहभागिता रहेको थियो । शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न साथ सहयोग गर्ने सहभागीहरुले प्रतिबद्धता जनाएका थिए ।

सम्बन्धित खवर