पथरीशनिश्चरेको मेयरमा काङग्रेसबाट १२ जना आकाक्षीं

पथरीशनिश्चरेको मेयरमा काङग्रेसबाट १२ जना आकाक्षीं

पथरीशनिश्चरे / आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्वाचनमा मेयर पदका लागी नेपाली काङग्रेसबाट १२ जना आकाङक्षीहरु देखिएका छन् । सोमबार बसेको नेपाली काङग्रेसको नगरस्तरिय बैठकमा मेयर पदका लागि १२ जनाले दावि गरेका हुन् ।

नेपाली काँग्रेसका तर्फबाट मेयर पदकालागि वडा नं १० का वडाध्यक्ष सागर राई, वडा नं ६ का वडाध्यक्ष जय तामाङ, अनुप योञ्जन, नगरसभाति रुपनारायण भटराई, लोकनाथ खरेल, माधव कोइराला, पर्शुराम कार्की, गणेश कुमार खडका, नगेन्द्र सुब्बा, चन्द्र कुमार के सी, सोम बहादुर कटुवाल(सन्तोष), मित्रा कुमारी सुर्खेती (मनु) ले दावि गरेका हुन् ।

त्यसैगरी, काङग्रेसबाट उपमेयरको पदकालागि प्रेमला राई, राधा संगौंला, कविता पराजुली, मञ्जु कुमारी वस्तेत (कार्की), तुलसा याख्खा, विना राई र मिना सेन्च्यौरीले दावि गरेका छन् ।

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: