सुपब्ले ग¥यो पुरस्कार वितरण

सुपब्ले ग¥यो पुरस्कार वितरण

पथरी, मोरङ पथरी शनिश्चरे ४ कीर्तिपुरमा रहेको सुपब् मोडल ईङ्लिस बोर्डिङ स्कुलले विद्याथीलाई पुरस्कार वितरण गरेको छ ।

स्कुलले एक औपाचरिक कार्यक्रमका विच विभिन्न विधामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरेको संस्थापक/प्रिसिपल सन्तोष बस्नेतले जानकारी दिनुभयो । कार्यक्रमा शैक्षिक वर्ष २०७६/०७७ मा कक्षामा उत्कृष्ट विद्यार्थीहरू, चित्रकलामा प्रदेश १ भरीमा तेस्रो हुने अंकित राई, हस्तलेखनमा नगर उत्कृष्ट हुने सविन कार्कीढोली, गायनमा नगर प्याब्सन तेस्रो हुने सुजता अछामी र हस्तलेखनमा नगर तेस्रो हुने आयुष राईलाई पुरस्कृत गरियो । अंकित पथरीशनिश्चरे नगर प्याब्सनबाट पहिलो प्रदेश स्तरको उपलब्धी प्राप्त गर्ने विद्यार्थी हुन् ।

कार्यक्रममा हस्तलेखन प्रशिक्षक शम्भुराज घिमिरे, चित्रकला प्रशिक्षक संजय राईलाई समेत सम्मान गरियो । कार्यक्रममा गायन, नृत्य र नाटक प्रस्तुत गरी विद्यार्थीहरूले मनोरञ्जन गराएका थिए । उत्कृष्ट विद्यार्थीहरूलाई अभिभावकहरूले पुरस्कार वितरण गरेको प्रिसिपल बस्नेतले जानकारी दिनुभयो ।

सम्बन्धित खवर