मिक्लाजुङमा माओवादी केन्द्र पार्टी कार्यालय उद्घाटन

मिक्लाजुङमा माओवादी केन्द्र पार्टी कार्यालय उद्घाटन

लङसिङ श्रेष्ठ, मिक्लाजुङ

मिक्लाजुङ गाउँपालिका वडा न ५ बेल्टारमा अवस्थित माओवादी केन्द्रको पुर्ण बैंठक, प्रशिक्षण तथा पार्टी कार्यालय उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा आउँदो स्थानीय निर्वाचनका लागि पार्टीलाई प्रभावकारी तथा पार्टीका उम्मेद्वारलाई कसरी जिताउने ? वडा न ५ मा माओवादी केन्द्रले जसरी पनि जित्नुपर्ने कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद कुलप्रसाद साम्वाले जोड दिएका छन् ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै मिक्लाजुङ –५ न वडा इन्चार्ज मेघनाथ तामाङले सम्पूर्ण पार्टी कार्यकर्तालाई यस निर्वाचन पछि पार्टीले कुनै निरासा नबनाउने प्रतिबद्धता दिएका थिए ।

मिक्लाजुङ गाउँ संगठन कमिटीका सचिव प्रदिप पौडेल, मिक्लाजुङ गाउँ संगठन कमिटी उपाध्यक्ष बिष्णु कुमारी श्रेष्ठले मन्तव्य राखेका थिए । कार्यक्रमका सभाध्यक्ष मिक्लाजुङ ५ न वडा कमिटी अध्यक्ष चित्रप्रसाद फुयालले आफ्नो भनाइ सहित कार्यक्रम समापन गरेका थिए ।

सम्बन्धित खवर