द रियल ब्रदर ४–१ ले विजयी

द रियल ब्रदर ४–१ ले विजयी

पथरीशनिश्चरेमा जारी पथरीशनिश्चरे फुटबल प्रिमियर लिगको आजको खेलमा द रियल ब्रदर फुटबल क्लबले सिरिजङ्गा फुटबल क्लब विरुद्ध ४–१ को फराकिलो जित हात पारेको छ । प्रतियोगीताको दोस्रो चरणको खेलको समाप्तीसँगै द रियल ब्रदरले अंक तालिकामा ६ अंक जोडेको छ भने आज पराजित बनेको सिरिजङ्गाको ३ अंक रहेको छ । द रियल ब्रोदरले यस अघि न्यू स्टारलाई पराजित गरीसकेको हो भने सिरिजङ्गाले देवीगञ्ज एफसिलाई पराजित गरेको हो ।

आजको खेलमा द रियल ब्रदरका लागी सेनेहाङ लिम्बूले २ गोल गर्न सफल भए भने तिर्थराज बस्नेत र अंकित लिम्बूले टिमका लागी १–१ गोल गरे । सेनेहाङले खेलको छैटौँ र दशौँ मिनेटमा गोल गरेका हुन भने तिर्थराजले खेलको ५६ औँ मिनेटमा टिमका लागी तेस्रो गोल गरे । त्यस्तै प्रतियोगीताको ७५ औँ मिनेटमा अंकित लिम्बूले टिमका लागी चौथो गोल गर्दै ४–० को अग्रता दिलाएका थिए । प्रतियोगीताको निर्धारित समयको अन्तिम मिनेटमा सिरिजङ्गाका लागी पवन राईले १ गोल गरेका हुन् । ४–१ को फराकिलो अन्तर सहित सकिएको खेलको मेन अफ द म्याच विजेता टिमका लागी २ गोल गरेका सेनेहाङ् घोषित हुदैँ नगद ३ हजार रुपैयाँ प्राप्त गरे ।

भोलीबाट प्रतियोगीताको तेस्रो चरणको खेलहरु शुरु हुनेछ । भोलीको खेल टेन नवोदय र शिखर एफ सि विच हुनेछ । खेल तालिकामा टेन नवोदयको ४ अंक रहेको छ भने शिखरको ६ अंक रहेको छ । टेन नवोदयले वाइएफसिसँग खेलमा विजय प्राप्त गरेको थियो भने वाइजिएफटिसँग बराबरी खेलको हो । यता शिखरले वाइजिएफटि र वाइएफसिका विरुद्ध जित हात पारिसकेको छ ।

सम्बन्धित खवर