न्यु स्टार फुट्बल क्लब ५–० ले विजयी

न्यु स्टार फुट्बल क्लब ५–० ले विजयी

जुनियर सावाँको व्यक्तिगत ४ गोल र अमर याक्खाको थप १ गोल सहित न्यु स्टार फुटबल क्लबले देविगञ्ज फुटबल क्लब विरुद्ध सानदार जित हात पारेको छ । पथरी शनिश्चरे फुटबल प्रिमियर लिग अन्तर्गत आज सम्पन्न खेलमा न्यु स्टारले देविगञ्ज विरुद्ध ० का विरुद्ध ५ गोलको फराकिलो अन्तरले जित हात पार्दै खेल तालिकामा ३ अंक जोड्दै खाता खोलेको छ । यस अघि न्यु स्टार रियल ब्रदर्शसँग पराजित बनेको थियो भने देविगञ्ज एफसी सिरिजङ्गा एफसीसँग पराजित बनेको थियो । दुवै खेलमा पराजित बनेको देविगञ्ज अंक विहिन छ ।

आजको खेलमा जुनियर सावाँले तेस्रो, दशौँ, ८० औँ र निर्धारित समय पछिको अतिरिक्त समयमा गोल गरेका हुन् भने अमर याख्खाले खेलको २४ औँ मिनेटमा १ गोल गरेका हुन् । निर्धारित समयको अन्तिम मिनेटमा सावाँले पेनाल्टीमार्फत गोल गरेका हुन् । आजको खेलको मेन अफ द म्याच आजको खेलमा ४ गोल गरेका सावाँ घोषित हुदैँ नगद ३ हजार प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत भोलीको खेल सिरिजङ्गा एफ सि र द रियल ब्रोदर्श एफ सि विच हुनेछ । अंक तालिकामा दुवै टोलीको समान ३–३ अंक रहेको छ ।

सम्बन्धित खवर