पथरी, नेकपा एमाले पथरीशनिश्चरे ३ ले वडा भित्र टोल कमिटी गठन कार्यलाई तिब्रता दिएको छ ।
वडाको २,३ र ४ नम्बर टोल कमिटी गठन गरिएको हो । जस अन्तरगत पुष्कर दाहालको अध्यक्षतामा २ नम्बर टोल कमिटी , छत्र बहादुर आङदेम्बेको अध्यक्षतामा ३ नम्बर टोल कमिटी र जंग बहादुर तुम्वापोको अध्यक्षतामा ४ नम्बर टोल कमिटि गठन गरिएको हो । टोल टोलमा एमालेले टोल कमिटी गठन कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटी सदस्य राम कुमार बस्नेत, देवराज भण्डारी, जिल्ला कमिटी सदस्य पार्थ बहादुर बुढाथोकी, यमुना बिष्ट बास्तोला, भगत चन्द्र थपलिया, राजु तिम्सिना, धनकुमार तामाङ, दुर्गा सुवेदी नगर कमिटी उपाध्यक्ष उमानाथ अधिकारी, नगर कमिटी सचिव भिम राई लगायतको उपस्थिती रहेदै आएको छ ।
२ नम्बर टोल कमिटिमा इतिश्री फुयल उपाध्यक्ष, नेत्र नेपाल सचिव, टेकेन्द्र अधिकारी र रिता दाहाल उपसचिवमा चुनिएका छ्न । ३ नम्बर टोल कमिटिमा धन बहादुर संग्रौला उपाध्यक्ष, सरला घिमिरे सचिव, गिता नेपाल, दिपेश अधिकारीलाई उपसचिवको जिम्मेवारी दिएको छ ।
४ नम्बर टोल कमिटिको उपाध्यक्षमा मनिकुमार सम्वाहाम्फे, सचिव गौरी लिम्बू र उपसचिवमा मोहन खडका र सपना शेर्मा चुनिएका हुन ।