संघीयता सहजिकरण कार्यक्रम सम्पन्न

संघीयता सहजिकरण कार्यक्रम सम्पन्न

पथरी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय सरकार सञ्चालन गर्दा नीतिगत अप्ठेरोका बारेमा छलफलका लागि आज मोरङको पथरी शनिश्चरेमा संघीयता सहजिकरण कार्यक्रम सम्पन्न गरेको छ ।

मन्त्रालयको संघीय मामिला शाखामार्फत सञ्चालित कार्यक्रममा, मन्त्रालयका उपसचिव तुलसीराम अर्याल, शाखा अधिकृत केशवराज पार्छे सहितले नगरका नीतिगत अप्ठेरो परेको विषयमा जनप्रतिनिधि र शाखाका कर्मचारीसँग जानकारी लिनुभयो ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, उपसचिव शालिग्राम काफ्ले सहितले नीतिगत अप्ठ्यारा विषयमा अन्तरक्रिया गर्नुभयो । नगरका कतिपय दरवन्दीको परिपूर्ति नभएको तथा विषयत अप्ठेरा अवस्थाका विषयमा समेत मन्त्रालयको ध्यानाकर्षण गराइएको थियो ।

सम्बन्धित खवर