बसले ठक्कर दिदा उर्लाबारीमा एकको मृत्यु

बसले ठक्कर दिदा उर्लाबारीमा एकको मृत्यु

उर्लाबारी / मोरङको उर्लाबारी नगरपालिका वाड नम्बर–१ को उर्लाबारी–मधुमल्ला सड्क खण्डमा भएको दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ ।

बिहीवार दिउँसो करिब १६ः३५ बजेको समयमा उर्लाबारी नगरपालिका १ टपु स्थित उर्लाबारी मधुमल्ला सडक खण्डमा दक्षिण बाट उत्तर तर्फ जादै गरेको बा १ क ५६०९ नं. को पशुपति इङ्लिस बोर्डिङ स्कुलको बसले पैदलयात्री लाई ठक्कर दिएको थियो । जिल्ला मोरङ मिक्लाजुङ गाउँपालिका वाड नं. ३ बस्ने बर्ष ५६ को भक्त बहादुर श्रेष्ठलाई ठक्कर दिएको थियो ।

बसको ठक्कर पश्चात् गम्भीर घाईते बनेका मिक्लाजुङ वडा नम्बर–३ का भक्त बहादुर श्रेष्ठलाई उपचारका लागि उर्लाबारी स्थिति अरनिको अस्पतालमा उपचारका लागि ल्याईएको थियो । घाईतेको अबस्था गम्भीर भएका कारण थप उपचारका लागि बिर्तामोड स्थित बिएण्डसि अस्पतालमा उपचारका क्रममा शुक्रवार राती २ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

ठक्कर दिने बस र बस चालक उर्लाबारी नगरपालिका ४ बस्ने बर्ष ६० को हरिराज भट्टराइलाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

सम्बन्धित खवर