प्रमोद खरेल सिनभिलेज आउँदै

प्रमोद खरेल सिनभिलेज आउँदै

पथरी, राष्ट्रिय कलाकार प्रमोद खरेल पथरीको सिनभिलेज आउने भएका छन् ।

मोरङको पथरीशनिश्चरे २ मा रहेको सिनभिलेज पार्टिप्यालेसले पौष ३० गते आयोजना गरेको सिनभिलेज म्युजिकल कन्सर्ट २०२२ मा सहभागी हुन खरेल आउने आयोजकले जनाएको छ । साँझ ५ बजेदेखि हुने कन्सर्टमा खरेल प्रमुख आकर्षणका रुपमा रहने छन् । खरेलका साथमा बबिना किराँती, नन्दु गुरुङ, सुरेश गुरुङ, सिद्धान्त खड्का, ताराबीर पाण्डे लगायतको प्रस्तुती रहने सिनभिलेज संचालक दिपक बुढाथोकीले जानकारी दिए ।

कन्सर्टका लागि आयोजकले नर्मल टिकट २५० का दरले बिक्रि गरिरहेको छ । २५० का दरका ६ सय बढि टिकट बिक्री भइसकेको बुढाथोकीले जानकारी दिए । सन्सर्टका लागि भिआइपी १ हजार दरका टिकट पनि राखिएको छ । सो एकवटा टिकटबाट परिवार सहित कन्सर्टमा सहभागी हुन सकिने र १ वर्ष भरिका लागि सिनभिलेजमा जाँदा बिलमा उठेको रकमको १० प्रतिशत छुट समेत पाउने बुढाथोकीले जानकारी दिए । भिआइपी टिकट पनि आइतबार सम्ममा २ सय भन्दा बढि बिक्री भएको बुढाथोकीले जानकारी दिए ।

१ विगाह क्षेत्रफलमा फैलिएको सिनभिलेजमा हाल ९ जनाको लगानी रहेको सिनभिलेज सञ्चालक अध्यक्ष टंक बहादुर गुरुङले बताए । जमिन सहित हालसम्म १५ करोड हाराहारी लगानी रहेको सिनभिलेजले हाल २६ जना कर्मचारीलाई रोजगार दिइरहेको छ । कन्सर्टमा बेलबारी, केराबारी, लेटाङ, भाउन्ने, कानेपोखरी, जाँते, उर्लाबारी, मिक्लाजुङ देखिका मानिसहरु सहभागी हुने अनुमान आयोजकको रहेको छ ।

सिनभिलेजमा सुविधा सम्पन्न १८ वटा डिलक्स रुम, ८ सय हाराहारी मानिस अटाउने एसि सहितको हल, मिनिहलहरु, रेस्टुरेन्ट र सुविधा सम्पन्न स्वीमिङ पुल समेत रहेको छ । खानाका थुप्रै परिकारहरु समेत पाइने यहाँ वारिवारिक वातावरण रहेको छ । आगामी दिनमा सिनभिलेजलाई हेल्थ क्लवका रुपमा पनि विकास गर्ने लक्ष्य रहेको बुढाथोकीले बताए ।

 

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: