पथरीशनिश्चरेको जङ्गलमा भेटिएकी १९ वर्षीया किशोरीको मृत्यु

पथरीशनिश्चरेको जङ्गलमा भेटिएकी १९ वर्षीया किशोरीको मृत्यु

पथरी / मोरङको पथरीशनिश्चरेस्थित डाँस मोरङगी सामुदायीक बन क्षेत्रमा भेटिएकी युवतिको मृत्यु भएको छ । सुन्दरहरैँचा नगरपालिकास्थित सलकपुरमा बस्दै आएकी १९ वर्षीया ति युवतिको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीले जानकारी दिएको छ ।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ स्थायी घर भई हाल सलकपुरस्थित काका डिल्लीराम आचार्यको घरमा बसी कृषि विषय अध्ययन गरिरहेकी कमला आचार्य पुस १० गते शनिबार साँझबाट हराइरहेकी थिइन । उनलाई १३ गते सोमबार पथरीशनिश्चरे नगरपालिकामा पर्ने जङ्गल क्षेत्रमा रहेको मोरङी पुल छेउमा स्थानियले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

उनले मुसा मार्ने औषधि सेवन गरेको पाइएपछि उपचारार्थ विराटनगरस्थित विराटनगर अस्पताल (विराट नर्सिङ होम) पठाएकोमा उपचारका क्रममा मंगलबार राति उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय पथरीशनिश्चरेले बताएको छ । कार्यालयका अनुसार जिल्ला प्रहरी कार्यालय मोरङको सक्रियतामा मृतक युवतिको शव पोस्टमार्टम गरी विस्तृत अनुसन्धान अगाडि बढाइएको छ ।

 

सम्बन्धित खवर