होटल ग्रान्ड क्रिष्मस नाइटमा शिवको धूम

होटल ग्रान्ड क्रिष्मस नाइटमा शिवको धूम

पथरी, मोरङको उर्लाबारीमा शनिबार साँझ होटल ग्रान्डमा संगीत पारखीहरुको बाक्लो उपस्थिति थियो । त्यो माहोल थियो ‘होटल ग्रान्ड क्रिष्मस नाइट २०२१’ को ।

लाइटिङको तारतम्य मिलेको, बाक्लो दर्शकहरु उपस्थिति त्यही भीडमा सुरु भयो सांगीतिक माहोलको । सुरुवातताका ‘कालो टोपी‘.’ बोलको गीतमा नाचिरहेका मनोज गोर्खालीको नृत्यले सबैको मन जितेको थियो ।

यस्तैगरी नाइट कन्सर्टमा गायकहरू नन्दु गुरुङ, सुरेश धिमाल, पारस तामाङ, आकाश क्षेत्रीले आ–आफ्नो प्रस्तुति पस्केका थिए । उनीहरुको प्रस्तुतिमा दर्शकहरु मजैले झुमेका देखिन्थे । कार्यक्रमको बीच बीचमा अल राउन्ड डान्स स्टुडियो एण्ड न्यू डान्स लेडिज फिटनेट हाउसको प्रस्तुतिले दर्शकहरुले चिसोको प्रवाह नगरी मनोरञ्जन लिइरहेका थिए ।

कार्यक्रममा प्रस्तोता गायक तथा संगीतकार तारावीर पाण्डले क्रमैसँग कलाकारहरुलाई स्टेजमा उकाल्ने कार्य गरिरहेका थिए । राजेन्द्र गिरीको जादु प्रस्तुत हुँदा पनि दर्शकहरु मजैले झुमिरहेका थिए ।

बाह्रसिंगे वियरले मुख्य प्रायोजन गरेको नाइट कन्सर्टको अन्त्यतिर देखापरे गायक शिव परियार । लेदरको ज्याकेटमा सजिएका शिवले होटल ग्रान्डमा सांगीतिक धमाका नै मच्चाए ।

शिवले ‘रित्तो रित्तो छु म ‘’, ‘नभेटी नभेटी ‘’, ‘पाकेर खाको फल ‘’, ‘बेहोसीपछि त होस्मा आउँदा‘’ लगायत डान्सिङ नम्बरहरु पस्केका थिए । उनलाई उपस्थित दर्शकहरुले तालमा ताल मिलाएर असिन पसिन भइन्जेल नाचेका थिए ।

सम्बन्धित खवर