पथरी, फागुन ८ – पथरी जेसिजको आयोजनामा आज प्रि–इन्डक्सन तथा एलओएम अफिसर तालिमसम्पन्न भएको छ। कार्यक्रम पथरीस्थित आफ्नै कार्यालयमा सम्पन्न भएको हो।
कार्यक्रम पथरी जेसिज वर्ष २०२६ का अध्यक्ष सुमन कुरुम्बाङको अध्यक्षतामा तथा तालिम संयोजक विशाल बर्देवाको संयोजकत्वमा सञ्चालन गरिएको थियो। बोर्ड सदस्यहरूको सक्रिय सहभागिताले कार्यक्रम थप प्रभावकारी बनेको आयोजकले जनाएको छ।
तालिममा इटहरी जेसिज लेडीकी पूर्व अध्यक्ष तथा नेपाल जेसिज एरिया ए तालिम संयोजक लक्ष्मी बरालले सहजिकरण गर्नुभएको थियो। उहाँले जेसिसको संरचना, पदाधिकारीहरूको भूमिका, नेतृत्व विकास तथा संगठनात्मक दायित्वका विषयमा विस्तृत जानकारी दिनुभएको थियो।
कार्यक्रमका क्रममा विभिन्न पदमा रहेका सदस्यहरूले आफ्नो भूमिका र कर्तव्यबारे स्पष्ट जानकारी प्राप्त गरेको महासचिव अम्बर नेपालीले जानकारी दिनुभयो। साथै, जेसिसको महत्व, युवाको नेतृत्व विकासमा यसको योगदान तथा सामाजिक उत्तरदायित्वका विषयमा समेत छलफल गरिएको थियो।
आयोजकका अनुसार यस प्रकारका तालिमले सदस्यहरूलाई संगठनप्रति जिम्मेवार, सक्रिय र नेतृत्वदायी भूमिका निर्वाह गर्न उत्प्रेरित गर्ने विश्वास लिइएको छ।




