नाटक “अनि देउराली रुन्छ” समापन, ४ हजार ७ सय बढिले हेरे नाट

नाटक “अनि देउराली रुन्छ” समापन, ४ हजार ७ सय बढिले हेरे नाट

पथरी, शब्द कला समुह पथरीको आयोजना तथा शब्द थिएटरको प्रस्तुतिमा ११ दिनसम्म प्रदर्शन गरिएको नाटक “अनि देउराली रुन्छ”को आज समापन गरिएको छ । मंसिर ५ देखि ११ गतेसम्म मञ्चन गर्ने तयारी गरेको आयोजक कमिटिले दर्शकको माग बढेसंगै मंसिर १५ गतेसम्मलाई समय थप गरेको थियो ।

बुधबार एक औपचारिक कार्यक्रमका बिच आयोजक शब्द कला समुहले नाटकको समापन गरेको हो । कार्यक्रमको प्रमुख अतिथि पथरीशनिश्चरे नगर उप प्रमुख यमुना विष्टले सम्बोधन गर्नुभयो । नाटकमा समाजमा हुने विकृति र समाजको ज्वलन्त उदाहरण चित्रण गर्ने भएपछि न्यायिक समितिले पनि आर्थिक सहयोग गरेको जनाउनुभयो । नगरमा पहिलोपटक थिएटरमा नाटक मञ्चन गरेर नगरवासीलाई थिएटरको अनुभव दिलाएकामा आयोजक र कलाकारलाई विष्टले धन्यवाद दिनुभयो ।

११ दिनसम्म मञ्चन गर्दा जम्मा ३० वटा सो गरेको अयोजकले जनाएको छ । यस अवधीमा ४ हजार ७ सय भन्दा बढिले नाटक हेरेको शब्द थिएटरका सचिव सरोज तिम्सिनाले जानकारी दिनुभयो । नाटकमा १९ जना कलाकारले जीवन्त कला प्रस्तुत गरेका थिए । दर्शकको माग अझै भएता पनि समय अभाव र लामोसमय भइसकेकाले बुधबारबाट मञ्चन रोकेको थिएटरका अध्यक्ष पर्शुराम न्यौपानेले जानकार दिनुभयो ।

आयोजकले कार्यक्रममा कलाकारहरु, सहयोगी संघसंस्था, विद्यालयहरुलाई सम्मान पत्रले सम्मानित गरेको छ । अनि देउराली रुन्छ नाटक नेपाली माटो सुहाउँदो कथाबस्तु भएको निर्देशक जीवन बरालले जानकारी दिनुभयो । मन बहादुर मुखियाले लेख्नुभएको यो नाटकले यसअघि पनि इतिहास रचेको पनि बरालले जानकारी दिनुभयो । पथरीमा नाटक घरको आवश्यकता खट्किएको अवस्था छ । काठमाण्डौ बाहिर पूर्वमा अहिले नाटकको बाढि नै आउन लागेको बरालले बताउनु भयो ।

सम्बन्धित खवर