सुन्दरहरैँचा, सुन्दरहरैँचा नगरपालिका वडा नं. १० मा रहेको सुकुना सामुदायिक अस्पतालमा चरम लाहपर्वाही भइरहेको घटना सार्वजनिक भएको छ । यस अस्पतालमा डाक्टरको भेषमा रहेका पारामेडिकलले नै चेकजाँच गर्ने औषधी लेख्ने गरिरहेको तथ्य बाहिरिएको हो ।
आइतबार सुन्दरहरैंचा १२ घर भएकी मेनुका पराजुली घाटीमा समस्या भएपछि उपचार गर्न सामुदायिक अस्पातल पुगेकी थिईन् । एम.वि.वि.एस. डाक्टरलाई भेटेर उपचार गराउन पुगेकी पराजुलीलाई डाक्टर पुरुश्वतम यादवको छाप लगाएर पारामेडिकल प्रमोद कोइरालाले चेक गरेको पराजुलीले बताइन् ।
१ बजे अस्पातल पुगेकी पराजुलीले डा. यादवलाई खोज्दा काउन्टरबाट खाना खान जानु भएको भन्ने सुचना पाइन् तर डा. यादवको छाप लगाएर पारामेडिकल कोइरालाले पराजुलीलाई चेकजाँच गरे र औषधी पनि लेखिदिए ।
डाक्टरको छाप लगाएर पारामेडिकलले चेक गरेको भन्दै सेवाग्राहीले आक्रोस पोखेका छन् । यता अस्पतालका डाइरेक्टर समेत रहेको कोइरालाले लगातार ३ जना विरामीको जाँच गरेको बताउदै गल्ती समेत स्वीकार गरेका छन् ।
कोइरालाले आफुले गल्ती गरेको स्वीकार गरेपनि सेवाग्राहीलाई सक्छौ भने जागिर खोसिदिन समेत चेतावनी दिए । यो त एउटा प्रतिनिधि घटना मात्र हो । सामुदायिक अस्पातलमा पटक पटक यस्ता घटनाहरु घट्ने गरेका छन् । यो सामुदायिक अस्पतालमा कहिले डाक्टरको भेषमा पारामेडिकल त कहिले एउटाको रिपोर्ट अर्कोलाई दिने जस्ता घटनाहरु बाहिरिने गरेका छन् ।