पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकाको राजस्व परामर्श समितिले आज सम्बन्धित व्यवसायिहरुसँग छलफल गरी नगरमा सञ्चालित अटो रिक्सा, सिटी सफारी र टेम्पोको स्थानीय भाडादर कायम गरेको छ ।
नगर उपप्रमुख एवम् राजस्व परामर्श समिति संयोजक यमुना विष्ट वास्तोको अध्यक्षतामा सम्पन्न बैठकमा नगर प्रमुख दिलीपकुमार राई तथा वडाध्यक्षहरुको समेत उपस्थिती रहेको थियो । बैठकमा, पथरी उद्योग वाणिज्य संघका अध्यक्ष धनकुमार तामाङका साथै पथरी शनिश्चरे अटो इरिक्सा संघ, सुनाखरी अटो प्रालि, भूल्के मोरङ प्रालिका प्रतिनिधिको सहभागितामा सरकारले तोकेको पछिल्लो पटकको भाडादरलाई समायोजन समेत गर्दै स्थानीय भाडादर कायम गरिएको समितिका सदस्य सचिव ताराप्रसाद ढकालले जनाउनु भयो ।
साथै, बैठकलले अटो रिक्सा, सिटी सफारी र टेम्पो यथासिघ्र नगरपालिकामा समेत सूचिकृत गराउन व्यवसायिमा अनुरोध गर्ने पनि निर्णय गरेको छ ।