काङ्ग्रेसको नगर महाधिवेशन नजिकिँदै : रतुवामाई नगर सभापतिमा कन्हैयालाल राजवंशीको चर्चा

काङ्ग्रेसको नगर महाधिवेशन नजिकिँदै : रतुवामाई नगर सभापतिमा कन्हैयालाल राजवंशीको चर्चा

विराटनगर, नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गतको वडा पदाधिकारी र क्षेत्रीय प्रतिनिधि छान्ने काम सक्किएको छ । वडा तहको निर्वाचन सम्पन्न भइसकेपछि यतिबेला नेताहरु नगर अधिवेशनको तयारीमा छन् । मोरङको रतुवामाईमा पनि नगर अधिवेशनका लागि नेताहरु गाउँ गाउँ पस्न थालेका छन् ।

रतुवामाई नगरमा अबको पाँच वर्षे नेतृत्व कसले लिने भन्नेबारेमा चोक बजारमा विभिन्न टिका टिप्पणी हुन थालेका छन् । नगर सभापतिको लागि आकांक्षीका संख्या धेरै भएकाले यो पदमा सहमती हुने सम्भावना न्युन छ ।

नगरमा ३/४ जनाले पार्टीको नगरसभापती हुने दावी गरे पनि अरुको भन्दा रतुवामाईको नगर सभापतिमा पञ्चायत कालदेखि नै काङ्ग्रेसको राजनितीमा सक्रिय रहेका कन्हैयालाल राजवंशीको राम्रो पकड रहेको उनि निकट नेताहरू बताउँछन् । रतुवामाईमा यतिबेला राजवंशीको निकै चर्चा चलिरहेको छ । ५ नम्बर वडामा सर्वसम्मत नेतृत्व चयन गर्न सफल भएका राजवंशी नगरमा पनि निकै लोकप्रिय छन् ।

पञ्चायत कालमा वडाध्यक्ष, बहुदलीय व्यवस्थामा गाविस अध्यक्ष, १० वर्ष पार्टीको गाविस अध्यक्षसमेत भएका राजवंशी हाल रतुवामाई नगरपालिका वडा नम्बर ५ को वडा अध्यक्ष समेत हुन् । आफ्नो उर्जाशील जीवन नेपाली काङ्ग्रेसको संगठनमा सर्मपित गरेका राजवंशी नगरमामा सालिन, भद्र र बौद्धिक नेताका रुपमा पहिचान बनाएका व्यक्ति हुन ।

हरेक ५ वर्षमा महाधिवेशन आउने र अहिलेको महाधिवेशनमार्फत देशब्यापी रूपमा मुलुकलाई अत्याधुनिक बैज्ञानिक नयाँ दिशामा लानु पर्छ भन्ने अभियानमा क्रियाशिल रहेको बताउँदै पार्टीभित्र देखिएका सकारात्मक पक्षलाई अझ तिखार्ने, जनताका आवाजलाई महाधिवेशनमार्फत संस्थागत गर्ने र विचारको राजनीति यो महाधिवेशनले प्रवर्द्धन गर्नुपर्ने राजवंशीले बताए ।

नगर सभापतिको उमेदवारी घोषणासँगै चुनावी प्रचार अभियानलाई पनि उनले तीब्र पारिरहेका छन् । राजनीतिलाई समाजसेवाको रूपमा हेरिनुपर्ने राजवंशीको भनाइ छ ।

आफ्नो गाउँ तथा क्षेत्रमा अप्ठेरोमा परेकाहरूलाई सकेको सहयोग गर्दै आफ्नो पार्टीभित्र र बाहिरसमेत राम्रो छवि बनाएका राजवंशी यस पटकको अधिवेशनमा नगर सभापतिमा विजय हुने सुनिश्चित भएको उनी निकट नेताहरू दावी गर्छन् । राजनीति इतिहास हेर्ने हो भने उनको परिवार नै कांग्रेसको राजनीतिमा सक्रीय रहेको छ।

नेपाली काँग्रेसको संसोधित निर्वाचन निर्देशिकाले वडाबाट क्षेत्रीय प्रतिनिधिमा निर्वाचित भएपछि मात्र नगर वा गाँउँको सभापति हुने प्रावधान छ ।

सम्बन्धित खवर