घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको निःशुल्क खोप अभियान सुरु

घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको निःशुल्क खोप अभियान सुरु

पथरी, विश्व रेविज दिवशका अवसरमा मोरङको पथरी शनिश्चरे नगरमा आजबाट घरपालुवा कुकुर र विरालोलाई रेविज विरुद्धको निःशुल्क खोप अभियान थालिएको छ । अभियान वडा वडामा गरी असोज ६ देखि १२ गतेसम्म सञ्चालन हुने छ ।

भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र १ नम्बर प्रदेशको समेत सहकार्यमा नगरको पशुपंक्षी शाखाले आज वडा नम्बर ४, ९ र १० का वडा कार्यालय परिसरमा कुकुर र विरालोमा खोप लगाएको हो । ‘रेविजको तथ्यलाई बुझ्नसके राम्ररी, हट्छ डर त्रास सधैंभरी’ भन्ने नाराका साथ नगर प्रमुख दिलीपकुमार राईको अगुवाईमा वडा नम्बर ४ मा वडाध्यक्ष गोविन्दबहादुर भण्डारी, ९ मा वडाध्यक्ष भानुभक्त राई र १० मा कार्यपालिका सदस्य मैनादेवी फूयल आचार्य सहितका जनप्रतिनिधि र कर्मचारीको सहभागितामा खोप लगाउने काम भएको छ । पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल, प्राविधिक पर्वत साह सहितका प्राविधिकहरुबाट खोप लगाउने काम भएको हो । तीन वडाबाट एउटा विरालो र १ सय ६६ कुकुरमा खोप लगाइएको छ । खोप लगाएपछि पशु धनीलाई खोप कार्ड प्रदान गरिएको छ ।

भोली ७ गते वडा नम्बर ५, ६ र ८, पर्सी ८ गते २, ३ र ७ मा तथा १० गते १ को वडा कार्यालयमा खोप लगाइने छ । ११ र १२ गते पशुसेवा केन्द्र मंगलबारेमा खोप लगाइने छ । पशुसेवा केन्द्रमा भनें आवश्यक परेको खण्डमा सवै दिन खोप लगाउने काम सुचारु रहने छ ।

सम्बन्धित खवर