पथरी उद्योग वाणिज्य संघको निर्वाचन : धनकुमार तामाङ्गको नेतृत्वमा साझा उम्मेद्वारी घोषणा

पथरी उद्योग वाणिज्य संघको निर्वाचन : धनकुमार तामाङ्गको नेतृत्वमा साझा उम्मेद्वारी घोषणा

पथरी उद्योग वाणिज्य संघको आगामी भदौ २८ गते हुने निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ । निर्वाचन समितिले आज दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकेको थियो ।
पथरी उद्योग वाणिज्य संघको आसन्न निर्वाचनका लागि धनकुमार तामाङको नेतृत्वमा साझा प्यानल घोषणा भएको छ।

 

विहिवार मनोनयन दर्ता पश्चात् भएको कार्यक्रममा साझा प्यानलले १६ पदका लागि उम्मेद्वार सार्वजनिक गरेको हो।
साझा प्यानलको अध्यक्षमा नेपाली कांग्रेस निकट प्रतिक्षा फेन्सी स्टोरका संचालक तथा वाणिज्य संघका पुर्व अध्यक्ष धनकुमार तामाङ, वरिष्ठ उपाध्यक्ष ओमप्रसाद लिम्बु, उपाध्यक्ष रविन राई, महासचिव राजेन्द्र बस्नेत, उद्योग सचिव प्रेमप्रसाद सुवेदी, वाणिज्य सचिव खेमनाथ ढुंगेल, कोषाध्यक्ष विजयजंग बस्नेत,
यस्तै सदस्यहरुमा पृथ्वी आले मगर, बलिदान चेम्जोङ, तुलसी लुनिया, इन्द्रबहादुर राई र महिला सदस्यहरुमा मुना पाण्डे र जुनी थपलिया रहेका छन् यस्तै लेखा संयोजकमा चन्द्रप्रसाद सापकोटा, लेखा सदस्यमा प्रदिप पराजुली र सन्तविर विश्वकर्मा (गहतराज) रहेका छन् ।
साझा प्यानलमा नेपाली कांग्रेस निकट ८, नेकपा समाजवादी निकट ४ र नेकपा माओवादी केन्द्र निकट ४ गरी १६ पदमा उम्मेद्वारी दर्ता भएको छ ।
उम्मेद्वारी घोषणा कार्यक्रममा साझा प्यानलका तर्पmबाट अध्यक्ष पदका प्रत्यायसी धनकुमार तामाङले पथरीका उद्योगी व्यावसायिहरुको हितमा काम गर्ने र अधुरा कार्यहरुलाई पुरा गर्ने प्रतिवद्धता जनाएका छन् ।

सम्बन्धित खवर