
सो बाँध केएस रोयल जेभीले तोकिएको समयभन्दा छ महिनाअघि नै निर्माण सम्पन्न गरेको हो । स्थानीय उपभोक्ता रामप्रसाद चौधरीले पानी पाएपछि धान र गहुँ धेरै फल्ने बताउँदै तरकारी पनि वर्षमा दुई/तीनपटक लगाएर स्थानीयवासीको आयआर्जनमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । सिँचाइ बाँध निर्माणसँगै धनगढी–६ जाइ जालीलाई तरकारी पकेट क्षेत्रका रूपमा विकास गरिने वडाध्यक्ष भागीराम चौधरीले बताउनुभयो । उहाँका अनुसार सो वडाका स्थानीय कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्दै आएका छन् ।