क्रियाशिल सदस्यका बारेमा पथरी शनिश्चरे कांग्रेसमा किचलो, सबै फाराम सिफारिस गरेको सभापतीको स्पस्टोक्ती

क्रियाशिल सदस्यका बारेमा पथरी शनिश्चरे कांग्रेसमा किचलो, सबै फाराम सिफारिस गरेको सभापतीको स्पस्टोक्ती

पथरी, नेपाली कांग्रेसको १४ औँ महाधिबेशन आउनै लाग्दा क्रियाशिल सदस्यमा किचलो देखिन थालेको छ । देशैभर सदस्यतामा समस्या देखिएपछि यहि असार ३० गते अन्तिम नामावली प्रकाशन गर्ने कांग्रेस केन्द्रिय कार्यालयको तयारी रहेको छ ।

मोरङ क्षेत्र नं. ३ अन्तर्गत पथरी शनिश्चरेमा पनि यो समस्या देखिएको छ । क्रियाशिल सदस्यता सिफारिस गरेभन्दा कम आउन सक्ने जानकारी पाएपछि नेताहरुले एकअर्कालाई दोसारोपण गर्न थालेका छन् । क्षेत्रीय सभापती गणेश खड्काले आफुखुसी क्रियाशिल वितरण गरेको र अहिले कम आउने भएपछि नगर सभापती टेक बहादुर थापालाई दोस लगाएको थापाले आरोप लगाए ।

सोमबार पत्रकार सम्मेलनको आयोजना नै गरेर सभापती थापाले खड्काले मनोमानी तरिकाले क्रियाशिल वितरण गरेको बताए । आफुसंग आएका सबै फाराममा सहि गरेर पठाएको तर आफ्नो कृते सहि समेत गरेर केही व्यक्तिले क्रियाशिलका लागि फाराम पठाएको थापाले बताए । क्षेत्रीय सभापती खड्काले नगर तथा वडासंग समन्वय नै नगरी आफ्नो तरिकाले क्रियाशिल पठाएर अहिले नगर सभापति थापाले क्रियाशिल रोकेको भन्दै झुटा आरोप लगाएको थापाले बताए । थापाले भने ‘खड्काले कम क्रियाशिल आउने भएपछि नगरसभापतिको घरमा गएर ताडफोड गर्न समेत भनेका छन् । आफुले जथाभावी नियम मिचेर सदस्यता शिफारिस गर्ने अनि अरोप जति मलाई लगाउन मिल्छ ? विधि विधान अनुसार चल्नुपर्छ की पर्दैन ?

थरीशनिश्चरे नगरपालिकाले सिफारिस गरे भन्दा ३१२ जना बढीको नाम आएको छ । जति जनाको नाम आए पनि नगर समितिलाई आपत्ति नभएको थापाको भनाई छ । खड्काले विधानलाई लगौटी लगाएर एकल निर्णयबाट सदस्यता सिफारिस गर्नुभयो । पार्टीको बिधान अनुसार जाउँ । भन्ने मेरो माग हो तर, अहिले क्षेत्रीय सभापति खड्का पार्टीका साथीहरूलाई फोन गरेर तिम्रो क्रियाशील सदस्यता नगर सभापतिले खाइदियो भनेर प्रचार गरिरहनु भएको छ । थापाले भन्नुभयो –क्षेत्रीय सभापतिले पठाएका नामका विषयमा क्षेत्रका तीन जना सचिवलाई सूचना छैन् । न त क्षेत्रीय समितिका पदाधिकारी र नगर समितिका पदाधिकारीलाई थाहा छ । सभापति खड्काले केही नेताको आडमा वडा बाटै पार्टी कब्जा गर्दै जान खोजेको नगर सभापति थापाले बताउनु भयो । सदस्यता वितरण गर्ने प्रक्रिया गलत भयो भनेर उजुरी गरेका हौं । उहाँहरूलाई सदस्यता नदिऔं भन्ने आशय होइन । थापाले आफ्नो गल्ती भए कारवाही भोग्न तयार रहेको बताउँदे पार्टीमा सर्वैसत्ताबाद लाद्न खोजिएको प्रति मात्रै बिरोध गरेको बताउनु भयो ।

केही दिन अघि काठमाडौंबाटै फोन गरेर खड्काले नगर सभापति टेकबहादुर थापाको सातो लिनु भएको थियो तर, थापाले पार्टी गोजीबाट सञ्चालन गरिने कुनै कम्पनी वा क्लव होइन भन्दै खड्कालाई जवाफ दिनु भएको थियो । १३ औं महाधिवेशनमा नगरसभापति थापाको काँधमा बसेर चुनाब जितेका खड्का पछिल्लो समय पार्टीमा आलोचित हुँदै गएका छन् । खड्काको अलोचित व्यवहारकै कारण आउने अधिवेशनमा खड्कालाई ठुलै झट्का लाग्ने कार्यकर्ताहरुले बताउन थालेका छन् ।

सम्बन्धित खवर