आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा बुवा पक्राउ

राजेन्द्र महतो, लहान

सिरहामा आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

गोलबजार नगरपालिकाका स्थानीय ४० वर्षीय व्यक्तिले आफ्नै छोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका हुन् । ईलाका प्रहरी कार्यालय मिर्चैयाको टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

पक्राउ परेका व्यक्तिको पहिचान गोप्य राखिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । पक्राउ परेका उनलाई ईलाका प्रहरी कार्यलाय गोलबजारमा राखेर अनुसन्धान भइरहेको बुढाथोकीले बताएका छ्न् ।

 

सम्बन्धित खवर