शुक्रबारेमा पशुस्वास्थ्य शिविर

शुक्रबारेमा पशुस्वास्थ्य शिविर

पथरी, मोरङको पथरी शनिश्चरे ८ स्थित शुक्रबारेमा निःशुल्क पशुपंक्षी स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा ३ सय ३ घर परिवारका १ हजार ८ सय ६५ गाईभैंसी, २ हजार ४ सय ५० बाख्रा, ३ हजार २ सय ५४ बंगुर, ५ जार ६ सय ७५ कुखुरा र ४३ कुकुरका लागि विभिन्न प्रकारका औषधि वितरण भएको शाखाका प्राविधिक पर्वत साहले जनाउनु भयो ।

वडाध्यक्ष बाबुराम दहाल, कार्यपालिका सदस्य गीता विश्वकर्मा सहितका जनप्रतिनिधिहरुको उपस्थितीमा शिविर सम्पन्न भएको हो ।

सम्बन्धित खवर