मेलम्चीमा भीषण बाढी र पहिरो (तस्वीरसहित)

मेलम्चीमा भीषण बाढी र पहिरो (तस्वीरसहित)

विराटनगर : सिन्धुपाल्चोकको मेलम्चीमा भीषण बाढी र पहिरोले ठाउँ ठाउँमा क्षति पुर्‍याएको छ । हिजो साँझ आएको बाढीले जिल्लाका कतिपय ठाउँमा विद्युत् र खानेपानी अवरुद्ध भएको छ । प्रहरीले मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ स्थित नाकोटे भन्ने ठाउँमा पहिरो गएको जनाएको छ ।

हेलम्बुको तिम्बु बजारका कतिपय घरहरु बगाएको छ । प्रहरीले एक दर्जनभन्दा बढी हराएको अनुमान गरेको छ । मेलम्ची खानेपानीको तिम्बुमा रहेको बाँधमा क्षति पुगेको छ । तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजारमा बाढी पस्दा बगरजस्तो बनेको छ ।

बाढीले नाकोते, तिम्बु, फट्टे, मेलम्ची नवलपुर जोड्ने पुल बगाएको छ । बाहुनेपाटीमा बन्दै गरेको मध्यपहाडी लोकमार्गको पुलसमेत बगाएको छ । दोलालघाटसम्मका सम्पूर्ण पक्की पुल बगाएको छ । बेपत्ताहरूको खोजी शुरू गरिएको तथा क्षतिको अरूको विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ ।

तस्विर : श्रीधर न्यौपानेको फोसबुक पेजबाट

सम्बन्धित खवर