नेता लुइटेलको नेतृत्वमा कोरोना संक्रमितको घरघरमा कानेपोखरी कांग्रेस

नेता लुइटेलको नेतृत्वमा कोरोना संक्रमितको घरघरमा कानेपोखरी कांग्रेस

कानेपोखरी, मोरङ कानेपोखरीका समाजसेवी युवा नेता देबेन्द्र लुइँटेलको नेतृत्वमा कानेपोखरी गाउँपालिकाको ७ वटै वार्डमा रहेका कोरोना संक्रमीत र अन्य परिस्थितिका कारण समस्यामा परेकाहरुको घर घरमा पुगेका छ्न् ।

कोरोना संक्रमीत र निषेधाज्ञाका कारण समस्यामा परेका एवं अन्य विभिन्न समस्याले ग्रसित भएको मानिसहरुको घरमै पुगेर उनिहरुको स्वास्थ्य अवस्था बुझ्दै संक्रमितलाई स्वास्थ्य सामग्री मास्क, सेनिटाइजर, हातधुने साबुन लगायत र विपन्नलाई आर्थिक एवं खाद्यान्न सामग्री वितरण गरेका छ्न् ।

नेता लुइँटेलले कानेपोखरी काङ्ग्रेससंग समन्वय गरेर सो कार्यक्रमहरु गरेका हुन् । आर्थिक स्थिति कमजोर भएर उपचार नै गर्न नसक्ने बिरामीलाई सहयोगी हातहरुसंग सहकार्य गरेर उपचार गर्ने संयोजक लुइँटेलले बताए ।

लुइँटेलले कोरोना महामारीको बेला समस्यामा परेकाहरुको समस्यामा महलम लगाउन पाउँदा निकै हर्षित भएको बताए। उनले यस कार्यमा सहयोग पुर्‍याउनुहुने कानेपोखरी गाउँ कार्यसमिति, ७ वटै वार्डका नेताकार्यकर्ताहरुलाई धन्यवाद दिए । उनले भने ‘हामिले सक्ने सहयोग गरेका छौँ। यस विषम परिस्थितिमा सहयोग गर्नु हाम्रो धर्म र दायित्व हो।’

यस कार्यमा कानेपोखरी गाउँ कार्यसमितिका सभापति योगेन्द्र दाहाल, सहसभापती मोहन कटुवाल, जिल्ला सदस्यहरु केदार थापा, हेम नारायण चौधरी, किर्तिमान मादेन, टंकिश्वरी याख्खा, क्षेत्रीय सदस्यहरु कोपिला कार्की, हिम तिम्सिना, ७ वटै वडाका सभापतिहरु, उपसभापतिहरु, सचीवहरु, समाजसेवी, विद्यार्थी नेता लगायत तरुण दलको सहयोग रहेको थियो ।

सम्बन्धित खवर