तरुण दलको प्रशंसनीय कार्य रंगेलीमा सर्वसाधारणलाई माक्स र सेनिटाइजर

तरुण दलको प्रशंसनीय कार्य रंगेलीमा सर्वसाधारणलाई माक्स र सेनिटाइजर

किरण न्यौपाने, रंगेली

नेपाली कांग्रेसको मातृ संगठन नेपाल तरुण दल मोरङ्गले आज रंगेलीमा सर्वसाधारणहरुलाई माक्स तथा सेनिटाईजर वितरण गरेको छ ।

कोरोनाको दोस्रो लहरसंगै आम सर्वसाधारणहरुको स्वास्थ्यलाई ख्याल राख्दै तरुण दलले रंगेली नगर तरुण दलको समन्वयमा रंगेली बजारको मुख्य क्षेत्रमा स्वास्थ्य सामाग्री बाढेको हो । स्थानिय तहले विहान १० बजेको समयसम्म आम सर्वसाधारणहरुलाई स्वास्थ्य मापदण्ड पालन गर्दै आति आवश्यक सामान खरिद गर्न दिएको समयमा तरुण दलले सर्वसाधारणलाई माक्स तथा सेनिटाइजर वितरण गरेको कांग्रेस युवा कमलेश मण्डलले जानकारी दिए ।

तरुण दलका जिल्ला सभापति संजय थापा, कोषाध्यक्ष अनिल रिजाल, नेविसंघका नेता देवचन्द्र घिमिरे सहितको टोलीले रंगेली नगर तरुण दलका कार्यवाहक सभापति भरत मण्डललाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । तरुण दलले क्रियाशिल युवाहरुको सहभागीतामा रंगेली बजार देखी बसपार्क क्षेत्रमा स्वास्थ्य सामाग्री वितरण गरेको नेपाली कांग्रेसको तर्फबाट रंगेली नगरपालिका उप मेयर प्रत्यासी रहेकी राधा मण्डलले जानकारी दिईन । सो क्रममा तरुण दलका सभापति थापाले रंगेलीमा कोरोनाबाट संक्रमण मुक्तm भएको परिवारको घरमा सेनिटाइजर र अति विपन्न परिवारलाई राहत वितरण गर्ने गर्ने कार्यक्रम रहेको जानकारी दिए ।

तरुण दलले पछिल्लो समय मोरङ्गको विभिन्न स्थानियतहरुमा कोरोना विरुद्धको गतिविधि गर्दै आईरहेको छ । रंगेली नगर तरुण दलका कार्यवाहक सभापति भरत मण्डलको सभापतित्वमा कार्यक्रम भएको थियो ।

सम्बन्धित खवर