कोरोना अपडेट ः पथरी शनिश्चरेमा २०३ जनामा संक्रमण, ७६ जना निको

कोरोना अपडेट ः पथरी शनिश्चरेमा २०३ जनामा संक्रमण, ७६ जना निको

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा हालसम्म २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको भएका छन् ।
नगरमा आजसम्मको रिपोर्ट अनुसार १ सय महिला र १ सय ३ पुरुष गरी कुल २ सय ३ जना कोरोना संक्रमित भएकोमा ७६ जना निको भएका छन् भनें सक्रिय संक्रमितको संख्या १ सय १७ रहेको छ । जसमा, १ सय ७८ जना होम आइसोलेसनमा र २२ जना अस्पतालको आइसोलेसनमा रहेको नगरको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनु भयो । संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ । हालसम्म ४ सय ५९ जनाको पीसीआर परीक्षण गरिएको छ ।

नगर अस्पतालको आइसोलेनमा हालसम्म ११ जना आएमध्ये ४ जना डिस्चार्ज, २ जना रेफर र ५ जना उपचाररत छन् । नगरमा कोरोना संक्रमण दर ७५ प्रतिशतसम्म रहेको नगरको सो दर हाल ५० प्रतिशतमा झरेको छ ।

होम आइसोलेसनमा वस्न असुविधा भएको तथा अक्सिजन सहित थप उपचारको आवश्यकता भएका व्यक्तिहरुलाई नगरको आइसोलेसनमा राख्ने गरिएको छ । भेन्टिलेटरको आवश्यकता पर्ने भएमा अन्य अस्पतालमा रेफर गरिने गरेको छ । कोरोना संक्रमितसंगको सम्पर्क भएकालाई कन्ट्रयाक ट्रेसिङका आधारमा तथा ज्वरो आइ कोरोनाको लक्षण देखिएको अवस्थाका मानिसहरुलाई नगरले नगर अस्पतालमा पीसीआर परीक्षणका लागि स्वाब संकलन गर्ने गरेको छ । नगरले पीसीआर परीक्षण निःशुल्क गराउने गरेको छ । पीसीआर आवश्यकता अनुसार हुने गरेको छ स्वास्थ्य शाखाले जनाएको छ । पीसीआरका लागि स्वाब दिन आउन समस्या परेमा नगरले एम्बुलेन्सको व्यवस्था समेत गरेको छ ।

सम्बन्धित खवर