औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ

औषधी कालोबजारी गर्ने मेडिकल स्टोर संचालक पक्राउ

मोरङ, औषधी कालोबजारी गर्ने मोरङ विराटनगर १५ रानी स्थित जनता मेडिकल स्टोर संचालन गरी सोही स्थान बस्ने ३५ वर्षीय रवि कुमार रजक पक्राउ परेका छन् ।

आईतबार दिउसो साढे १ बजे जिल्ला प्रहरी कार्यालय मोरङ र ईलाका प्रहरी कार्यालय रानीको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा रजकको घर कोठाबाट फिजिसियन स्याम्पलका औषधीहरु, मुटु सम्बन्धीका औषधीहरु, पेनकिलर, एन्टिबाईटिक, ईन्जेक्सन, बच्चाको कफ सम्बन्धी औषधीहरु र सेनीटाईजर लगायत ४६ कार्टुन, १ बोरा र ७ कार्टुन लेवलिङ गरेको औषधीको खोलहरु बरामद गरेको हो ।

उनले औषधीहरु भण्डारण गर्ने र कालोबजारी गरी झुक्याई बिक्री बितरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेसंगै कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२ बमोजिम थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

सम्बन्धित खवर