स्वास्थ्य सामग्री सहयोग

स्वास्थ्य सामग्री सहयोग

पथरी, मोरङको पथरी शनिश्चरेका स्वास्थ्य निकायका लागि कोरोना संक्रमणबाट जोगिनका स्वास्थ्य सामग्री सहयोग उपलब्ध गराउने क्रम बढेको छ ।

यस क्रममा पछिल्लो पटक पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारी स्मृति फाउण्डेशन्ले ४५ थान पीपीइ सेट, २० थान अक्सिमिटर, १५० थान एन नाइन्टीफाइभ मास्क, १ हजार थान सर्जिकल मास्क तथा हेडसिल्ड, बुट, सोडियम हाइपोक्लोराइड, सेनिटाइजर र ग्लोब उपलब्ध गराएको छ ।

पथरी नगर अस्पताल सहितका नगरका स्वास्थ्य चौकीका लागि उपलब्ध गराइएका ती स्वास्थ्य सामग्री फाउण्डेशनका सदस्य एवम् संविधानसभा सदस्य चण्डीप्रसाद राईको अगुवाईमा नगरका जनस्वास्थ्य निरीक्षक मुरारी आचार्य सहितका स्वास्थ्यकर्मीलाई हस्तान्तरण गरिएको छ ।

सम्बन्धित खवर