नेकपा एमालेले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बालुवाटारमा बसेको एमाले स्थायी कमिटीको बैठकले सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिनुभयो ।
एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री भट्टले ३० दिनभित्र प्रदेशसभामा विश्वासको मत लिनुपर्नेछ ।