कानेपोखरी, नेपाली काङ्ग्रेस निकट भगिनी संगठनहरु नेपाल तरुण दल र नेविसंघ कानेपोखरीद्वारा राष्ट्रपति तथा प्रधानमन्त्रीले गरेको प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको विरुद्ध सांकेतिक विरोध कार्यक्रम गरेको छ।
दर्जनौं तरुण तथा विद्यार्थीहरुको उपस्थिति रहेको आज आइतबारको कार्यक्रमको संयोजन नेविसंघ कानेपोखरिका नेता मनिष न्यौपाने तथा तरुण नेता मणिराज लिम्बुले गरेका थिए ।
नेपाली काङ्ग्रेस जिल्ला सदस्य सुशील राई, क्षेत्रीय सदस्य सन्तोष फुयाल, गाउँ पार्टी सचिव विवेक लिम्बु, गाउँ पार्टी उपसभापति चन्द्र गुरुङ, मदन सेढाई, तरुण नेता सन्तोष पाङदेन लिम्बु, युवा नेता देवेन्द्र लुइँटेल लगायतका स्थानीय नेताकार्यकर्ताको उपस्तिथि रहेको थियो।
र्यालिले ओलि सरकारको विरुद्ध चर्को नाराबाजी सहित रमाइलो बजारको परिक्रमा गरे पश्चात गाउँपालिकाको प्राङ्गणमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्लादहन गरेको थियो। कोरोनाको सचेतता र सावधानी अपनाएर कार्यक्रमको आयोजना गरिएको तरुण नेताद्वय तारामानसिंह घिसिङ र रुपेश रिजालले बताए ।






