प्रेम प्रसाद भट्टराई, पथरी
मोरङको पथरी शनिश्चरेका कोरोना सङ्क्रमितका घरमा नेपाल तरुण दल पथरी शनिश्चरे नगरकार्य समितिले सेनिटाइज गरेको छ ।
नेपाल तरूणदल पथरी शनिश्चरेले नगरभित्र रहेका करिव १५० घरमा सेनीटाइज गरेको हो ।
पथरी शनिश्चरे नगरपालिका भित्र दिनानुदिन बढदै गएको कोरोना भाइरसलाई रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यका साथ यो कार्यक्रम गरिएको कार्यक्रमका संयोजक भुपेन रणपहेलिले बताउनु भयो । हाल सम्म पथरी शनिश्चरे नगरपालिका भित्र दोस्रो भेरिएन्टको कोरोनाबाट ७६ जना पुरुष र ७६ जना महिला गरी १५२ जना सक्रमित भएका छन् । जसमध्ये नगरमा हालसम्म ७ जनाको मृत्यु समेत भइ सकेको छ । २९ जना डिस्चार्ज भएर घर फर्केको नगर जनस्वास्थ्य निरिक्षक मुरारी आचार्यले जानकारी दिनुभयो । यो विवरण सरकारी तवरबाट गराइएको विवरण मात्रै रहेको छ । आचार्यले भन्नुभयो यो सामाजिक विकास मन्त्रालयले पठाएको आधिकारिक विवरण हो यस बाहेक व्यक्तिगत रुपमा प्राइभेट अस्पतालमा गएर पनि परीक्षण गरेको हुनसक्छ त्यो विवरण प्राप्त भएको छैन् ।

पथरी शनिश्चरे नगरपालिका भित्र व्यापक रूपमा कोरोना फैलिरहेकोले यसको जोखिम न्यूनीकरणका लागि उक्त कार्यक्रम गरिएको तरूणदल नगरसभापती सन्तोष कटुवालले बताउनुभयो । वडा नं १० का वडा अध्यक्ष सागर राई, नेपाली काङ्ग्रेस बिराटनगरका युवानेता दिपक चापागाईं लगायतको सहयोगमा उक्त कार्यक्रम सफल भएको भन्दै तरूणदल नगरसचिव सुमन बि.कले धन्यवाद समेत व्यक्त गर्नुभएको थियो ।




